युरोकपमा इङ्ल्याण्डको विजयी सुरुवात, स्लोभेनिया र डेनमार्क बराबरीमा रोकिए

नेपालभ्युज

युरोकपमा इङ्ल्याण्डको विजयी सुरुवात, स्लोभेनिया र डेनमार्क बराबरीमा रोकिए

काठमाडौं । जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगितामा इङ्ल्यान्डले विजयी सुरूवात गरेको छ ।

गएराति सर्बियालाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले विजयी शुरूवात गरेको हो ।

जुड बेलिङ्गमले खेलको १३ औँ मिनेटमा गरेको गोल नै इंग्ल्यान्डको जीतका लागि पर्याप्त भयो । जितसँगै समूह सी मा रहेको इङ्ल्याण्डको तीन अंक भएको छ ।

सर्विया भने अंकविहिन छ ।

यस्तै हिजै भएको अर्को खेलमा स्लोभेनिया र डेनमार्कले १–१ गोलको बराबरी खेलेका छन् । बराबरी भएसँगै स्लोभेनिया र डेनमार्क दुवैले १–१ अंक बाडेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved