मुग्लिन खण्डमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

नेपालभ्युज

मुग्लिन खण्डमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
फाइल तश्वीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन दुवै तर्फ रोकिदा लामो लाइन बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved