पाकिस्तानसँग आयरल्याण्ड ३ विकेटले पराजित

नेपालभ्युज

पाकिस्तानसँग आयरल्याण्ड ३ विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले आयरल्याण्डलाई हराएको छ । आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएको हो ।

१०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ दशमलव ५ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो ।

फ्लोरिडामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

समूह ए मा रहेको पाकिस्तान ४ खेलमा समान २ मा जित र हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेर प्रतियोगिता बाट बाहिरिएको छ ।

अमेरिकासँग सुपर ओभरमा पराजित हुनु नै पाकिस्तानका लागि दुर्भाग्य बन्यो । अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । समूह ए बाट भारत ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved