शासकीय बेथिति हटाउन सरकारबारे समीक्षा आवश्यक छ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

शासकीय बेथिति हटाउन सरकारबारे समीक्षा आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शासकीय व्यथिति साझा समस्या भएको बताए ।

आइतबार १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

सरकारमा रहेर दलको प्रतिबद्धताबारे समीक्षा किन गर्ने भन्ने प्रश्नमा उनले भने, ‘हामी वैकल्पिक राजनीतिको रूपमा आएका हौं । शासकीय बेथिति साझा समस्याकै कारण अहिले अवस्थामा समीक्षा आवश्यक हो । मेरो माग शासक‍ीय सुधार हो ।’

उनले यसअघि भने, ‘हामी सरकारमा शर्तसहित गएका हौं, प्रधानमन्त्रीको सुशासन मुख्य नारा थियो । हामी त तपाईहरूमाथि प्रशिक्षण हुन आएको त हौं ।’

फरक प्रसंगमा मन्त्री श्रेष्ठले मन्त्रालय र राष्ट्रिय खेलपरिषद् राखेपसँग खर्च गर्न सक्ने क्षमता नै नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved