महिन्द्र राय यादव नेपाल समाजवादीबाट निष्काशित

नेपालभ्युज

महिन्द्र राय यादव नेपाल समाजवादीबाट निष्काशित

काठमाडौं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् । सो पार्टीका एक जना अध्यक्ष समेत रहेका उनी र उनका पक्षका नेताहरूले माओवादी केन्द्रसँग एकता गरेका थिए ।

यादवसहित माओवादी केन्द्र प्रवेश गरेका गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव पनि निष्काशित भएका छन् ।

२०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरू माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । महिन्द्र राय यादव प्रतिनिधि सभामा र अन्य प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनीहरूले माओवादी केन्द्रसँग एकता गरेपछि नेपाल समाजवादी पार्टीले उनीहरूलाई हटाएर पार्टीको दल दर्ता किताब अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले सोही अनुसार अद्यावधिक गरेको सो पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved