भेरी नदीमा बेपत्ता दुई युवा मृत भेटिए

नेपालभ्युज

भेरी नदीमा बेपत्ता दुई युवा मृत भेटिए

काठमाडौं । भेरी नदीमा बेपत्ता भएका दुई जना युवाको डुवेर मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाट भेरी नदीमा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसी मृत भेटिएका हुन् । उनीहरू शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा खटिएको १० जनाको गोताखोर टोलीले उनीहरूको शव निकालेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved