कोशी सरकारको बजेट ३५ अर्ब २७ करोड रुपैयाँ

नेपालभ्युज

कोशी सरकारको बजेट ३५ अर्ब २७ करोड रुपैयाँ

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि १४ अर्ब ४७ करोड २३ लाख रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको बताए ।

उनले पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुपैयाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने मगरले बताए ।

बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख आउने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved