शालीन भनोटलाई दुई सय बिच्छीले टोके !

नेपालभ्युज

शालीन भनोटलाई दुई सय बिच्छीले टोके !

एजेन्सी । अभिनेता शालीन भनोट अहिले रोहित शेट्टीको शो ‘खतरों के खिलाडी १४’ मा देखिइरहेका छन् । शालीनले अप्ठेरा स्टन्ट पनि राम्रो तरिकाले गरिरहेका छन् ।

तर, हालै एउटा स्टन्टका क्रममा शालीन भनोटलाई करीब दुई सय बिच्छीले टोके । स्टन्टका क्रममा बिच्छीले टोक्दा शालीनको सम्पूर्ण अनुहार सुन्निएको थियो ।

यो कुराको जानकारी अभिषेक कुमारले सामाजिक मिडिया मार्फत गराएका छन् । शालीनसँग भएको यस घटनाले सबै चकित परेका छन् । साथमा उनलाई सावधान रहन सुझाव सल्लाह पनि दिइरहेका छन् ।

शालीन भनोट बिग बोसमा पनि सहभागी भइसकेका छन् । यस क्रममा उनको अभिनेत्री टीना दत्तासँगको जोडी एकदमै मन पराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved