बारामा गोली प्रहारबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

नेपालभ्युज

बारामा गोली प्रहारबाट घाइते भएका क्याम्पस प्रमुखको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली प्रहारबाट हत्या भएको छ ।

कुशवाहाको शुक्रबार साँझ अपरिचित समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका हत्यामा संलग्नको खोजी कार्य जारी रहेको छ । उनीमाथी आदर्शकोतवाल गाउँपालिका ३ स्थित भतिनिया क्षेत्रमा गोली प्रहार भएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको बताएको छ । यद्यपि उनीहरुको परिचय खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved