गण्डकी प्रदेश

फणीन्द्र देवकोटाले गुमाए सांसद पद, सभामुखले सभामा गराए जानकारी

देवकोटाले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो ।

नेपालभ्युज

फणीन्द्र देवकोटाले गुमाए सांसद पद, सभामुखले सभामा गराए जानकारी

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले सांसद पद गुमाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा सभामुख कृष्ण धितालले त्यस सम्बन्धी पत्र पढेर सुनाएका हुन् ।

माओवादी केन्द्र संसदीय दलले पठाएको जानकारी पत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरयुक्त आधिकारिक पत्रका आधारमा देवकोटा माओवादी केन्द्रकै चुनाव चिह्नमा उम्मेदवार भइ विजयी भएको र उनलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश सभा नियमावली २०८० बमोजिम निस्कासन गरिएको उल्लेख छ ।

निस्कासन गर्नुअघि माओवादी केन्द्रले देवकोटालाई स्पष्टीकरण सोधेको थियो ।

जेठ २८ गते देवकोटाले पाण्डेलाई विश्वासको मत दिएका थिए । भोलिपल्ट पाण्डेले देवकोटालाई मन्त्री बनाएका थिए । सांसद पद गुमेसँगै उनले मन्त्री पद पनि गुमाएका छन् । मुख्यमन्त्रीले उनलाई मन्त्री बनाउन चाहेमा पुनः नियुक्ति गर्नुपर्ने छ ।

उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवार भइ विजयी भएका थिए । यद्यपि, निर्वाचनका बेलामा आफ्नो पार्टीको नाम नेपाल समाजवादी लेखेका उनले आफूलाई सोही पार्टीका सांसदको रुपमा चिनाउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved