फणीन्द्र देवकोटा सर्वोच्च अदालत जाने

नेपालभ्युज

फणीन्द्र देवकोटा सर्वोच्च अदालत जाने

काठमाडौं । गण्डकी प्रदेशका ऊर्जा, जलश्रोत तथा खानेपानीमन्त्रीसमेत रहेका सांसद फणीन्द्र देवकोटा सर्वोच्च अदालत जाने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) को चुनावचिह्न हँसिया-हथौडाबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटा आफूविरुद्धको कारबाहीको विषय लिएर अदालत जाने भएका हुन् ।

अहिलेसम्म माओवादी संसदीय दलकै सदस्य भएर बसेका उनले पछिल्लोपटक नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समर्थन जनाएका थिए । यसपछि माओवादी संसदीय दलले उनलाई शुक्रबार कारबाही गरेको थियो ।

यसका विरुद्ध आफू अदालत जाने तयारीमा रहेको देवकोटाले नेपालभ्युजसँग बताए । “मेरो संवैधानिक तथा राजनीतिक अधिकार खोस्ने काम भएको छ । यसका विरुद्ध मैले कानूनी उपचार खोज्दैछु,” उनले भने, “अदालत जाने काम हुन्छ ।”

फणीन्द्र देवकोटाले गुमाए सांसद पद, सभामुखले सभामा गराए जानकारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved