सप्तकोशी विकास बैंकका पूर्व सीइओ सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर 

नेपालभ्युज

सप्तकोशी विकास बैंकका पूर्व सीइओ सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर 

काठमाडौं । सप्तकोशी विकास बैंकका पूर्व कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । सुवेदीलाई शुक्रबार सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।

उनलाई ३ वर्ष ३ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना तोकिएको छ । अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved