भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरू (तस्वीरहरू) 

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरू (तस्वीरहरू) 
काठमाडौँ। भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आज शुक्रवारदेखि ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’ सुरु भएको छ। नेपालको पर्यटन क्षेत्र सुधारका लागि पर्यटन सम्बन्धी मेघा इभेन्ट आयोजना गरेर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्य सहित एक्स्पोको आयोजना गरिएको हो।
प्रदर्शनीमा नेपाल सहित १६ देशका १५० विक्रेता र २५० क्रेताको सहभागिता रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा १ हजार भन्दा बढी आगन्तुकको सहभागिता रहने विश्वास गरिएको छ। यस एक्स्पोको अनुमानित खर्च १ करोड ८० लाख रुपैयाँ रहेको बताइएको छ।
समिट इभेन्ट्स एन्ड मार्केट्सले आयोजना गरेको एक्स्पोलाई नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका लगायतका संघसंस्थाहरुले सहकार्य गरेका छन्।
प्रदर्शनी जेठ ३२ र असार १ गतेसम्म दुई दिन चल्नेछ।
 तस्वीरहरू:-

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved