बंगलादेश र नेदरल्याण्ड्स आज आमनेसामने हुँदै

नेपालभ्युज

बंगलादेश र नेदरल्याण्ड्स आज आमनेसामने हुँदै

काठमाडौं । टी–२० विश्वकपमा आज बंगलादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब छ ।

यसअघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

समुह डीबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल वर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ ।

श्रीलंकाको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ । नेपालले भने अब दुई खेल खेल्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved