बौद्धनाथ क्षेत्रमा चारतारे होटेल ‘लर्ड्स प्लाजा’ संचालनमा

नेपालभ्युज

बौद्धनाथ क्षेत्रमा चारतारे होटेल ‘लर्ड्स प्लाजा’ संचालनमा

काठमाडौं। पर्यटकीय क्षेत्र बौद्धनाथमा पर्यटकको सेवा र सुविधाको लागि भारतीय चेन होटेल ‘लर्ड्स प्लाजा’ संचालनमा आएको छ।   बुधबार एक कार्यक्रमकाबिच होटेलको ‘सफ्ट लञ्च’ गरिएको हो।

होटल लर्डस भारतका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको एक स्थापित होटल रहेको बताइएको छ । सन् २०१० मा गुजरातबाट सुरु भएको होटेलको अहिले भारत भर १४ राज्यमा ६० वटा होटेल संचालनमा रहेका छन्। यसैगरी अमेरिका र नेपालमा पनि यसको चेनहरु खुलेका छन्।

हाल नेपालमा ३ वटा होटेल संचालनमा रहेको, २ वटा निर्माणाधीन रहेको र अर्को २ वटा निर्माण गर्ने योजना रहेको नेपाल रिजन प्रमुख सेलेज एन टेरी ले जानकारी दिए।

उनका अनुसार विरगंजमा, बौद्ध टुसालमा र बौद्ध रामहिटीमा गरि ३ वटा संचालनमा आएका छन्। नेपालगंज र लुम्बिनीमा निर्माणाधीन छन्। यसैगरी पोखरा र चितवनमा पनि निर्माण गरिने योजना रहेको टेरीले बताए।

होटलमा विभिन्न क्याटोगरीका ६० वटा कोठाहरु रहेका छ्न। जसमा साधारण कोठाहरुको ६५ डलर अनि डिलक्सको २५० डलर रहेको छ। नेपालको धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको क्षेत्रमा सेवा पुर्‍याउने होटेलको प्रमुख लक्ष्य रहेको टेरीले बताए।

होटलले भारतको गया देखि नेपालको बौद्ध र लुम्बिनी क्षेत्रलाई ‘बुद्ध सर्किट’ बनाई भारतीय पर्यटकलाई नेपाल भित्राउने योजना समेत बनाएको बताइएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved