कुवेतको श्रमिक आवासमा आगलागी, ४० भन्दा बढीको मृत्यु, नेपाली पनि परेको आशंका 

नेपालभ्युज

कुवेतको श्रमिक आवासमा आगलागी, ४० भन्दा बढीको मृत्यु, नेपाली पनि परेको आशंका 

काठमाडौं । कुवेतको माङ्गाफस्थित श्रमिक आवासमा आगलागी हुँदा ४० भन्दा बढी कामदारको मृत्यु भएको छ ।

त्यहाँको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने आवासमा आगलागी हुँदा ४३ जनाको मृत्यु भइसकेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आगलागीमा करिब ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन–कुन देशका हुन् भन्ने खुलिसकेको छैन ।

घाइतेमध्ये ३० जना आफ्ना नागरिक रहेको भारतीय विदेशमन्त्री एसजयशंकरले ट्वीटमा बताएका छन् । उक्त आवास गृहमा नेपालीहरू पनि बस्ने अनुमान गरिएको छ ।

कुबेतस्थित नेपाली दूतावासका अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ । उक्त आवासमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका थिए ।

बुधवार बिहान स्थानीय समय अनुसार ६ बजेतिर क्याम्पको तल्लो तलाको एउटा कोठामा सिलिण्डर बिष्फोट भएर आगो सल्किएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved