विश्वकप क्रिकेट हेर्न अमेरिका पठाउने भन्दै क्यानले नै मानव तस्करीको प्रयास गरेको सांसदको आरोप

नेपालभ्युज

विश्वकप क्रिकेट हेर्न अमेरिका पठाउने भन्दै क्यानले नै मानव तस्करीको प्रयास गरेको सांसदको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा क्यानका पदाधिकारीले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको पनि आरोप लगाए । सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए ।

त्यस्तै उनले खेलाडीलाई होटलमा उभ्याएको, दर्शकको लागि जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको पनि बताए । अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर दिए पनि क्यानको खातामा नराखेकोलगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए ।

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको पनि आरोप लगाए । क्यान नेतृत्वले आर्थिक अपचलन गरी नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको सांसद आचार्यको दाबी छ ।

खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि उनले बताए ।

‘‘केही दिनअघि प्रधानमन्त्री कार्यालयको लेटरप्याड दुरुपयोग गरेर विश्वकप हेर्न अमेरिका पठाइदिने भन्दै मानव तस्करीको कोसिस गरिएको कुरा प्रधानमन्त्रीको कार्यालयले रोकेको थियो’’, आचार्यले भने, ‘‘त्यो आरोप पनि क्यानको नेतृत्वको मिलेमतोमा भएको भन्ने गुनासो आइरहेको छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved