नेसपाले आज स्थापना दिवस मनाउँदै

नेपालभ्युज

नेसपाले आज स्थापना दिवस मनाउँदै

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नेसपा) ले यही आज पार्टी स्थापना दिवस मनाउदै छ । नेसपाले बिहान ११ बजे प्रज्ञा–प्रतिष्ठानमा पार्टी स्थापना दिवसका अवसरमा कार्यक्रम गर्न लागेको हो ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०७३ जेठ ३० गते ‘नयाँ शक्ति नेपाल’ पार्टी घोषणा गरेका थिए । नयाँ शक्ति स्थापना भएको सोही दिनलाई नै नेसपाले आफ्नो स्थापना दिवसका रूपमा मनाउने बताएको हो ।

विभिन्न पार्टीसँग एकता र विभाजन हुँदै अहिले भट्टराई नेतृत्वमा नेसपा अस्तित्वमा छ ।

नेसपाले स्थापना दिवसको कार्यक्रममा मुख्य राजनीतिक दललाई भने बोलाएको छैन। नेसपाले वैकल्पिक राजनीतिक पार्टी भनेर उदाएका दलदेखि नागरिक अभियन्ता तथा सार्वजनिक व्यक्तिलाई भने निमन्त्रणा गरेको छ।

नेसपाका प्रवक्ता कृष्ण शर्माले अहिले पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ भए पनि नयाँ शक्तिकै विचार, सिद्धान्त, लक्ष्य रहेकाले ‘नयाँ शक्ति’ स्थापना भएको दिनलाई नै पार्टी स्थापना दिवस मनाउने निर्णय भएको बताए । संघ, प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाइने शर्माले जानकारी दिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री नभइ मुलुकमा राजनीतिक स्थिरता र देश समृद्ध नहुने नेसपाले बताउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved