जसपा नेपालको भावि नेतृत्व चयनका लागि आज निर्वाचन, अध्यक्षमा यादव नै दोहरिने

नेपालभ्युज

जसपा नेपालको भावि नेतृत्व चयनका लागि आज निर्वाचन, अध्यक्षमा यादव नै दोहरिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी एकता महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

पार्टीको भावी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनको तेस्रो दिन आज बिहानैदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भइसकेको छ । उम्मेदवारको नामावली १० बजे प्रकाशन गर्ने निर्वाचन तालिका छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

साढे ११ बजेदेखि साढे २ बजेसम्म मनोनयन पत्र फिर्ता लिनका लागि समय दिइएको छ ।

उम्मेदवारको अन्तिम नामावली दिउँसो ३ बजे प्रकाशन गर्ने कार्यतालिका छ । अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ ।

अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिन निश्चित छ । अन्य पदमा सर्वसम्मती नजुटे निर्वाचन हुने सम्भवना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved