क्यानडाले पाकिस्तानलाई दियो १ सय ७ रनको लक्ष्य

नेपालभ्युज

क्यानडाले पाकिस्तानलाई दियो १ सय ७ रनको लक्ष्य

काठमाडौं । क्यानडाले पाकिस्तानलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएकाे छ ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

जोनसनले ४ चौका र ४ छक्का प्रहार गर्दै  ४४ बलमा ५२ रन जोडे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रन जोडे ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २-२ विकेट लिए

पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पाकिस्तान यसअघि अमेरिका र भारतसँग पराजित भएकाे छ। आजकाे खेलमा पराजित भए समूह चरणबाटै बाहिरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved