प्रवासीका लागि लाभदायक हुनसक्छ नबिलको ‘एन रेमिट’

नेपालभ्युज

प्रवासीका लागि लाभदायक हुनसक्छ नबिलको ‘एन रेमिट’

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ । प्रवासी नेपालीलाई मध्यनजर गर्दै नबिल बैंकले एन रेमिट सञ्चालनमा ल्याएको छ । जसबाट वैदेशिक रोजगारीमा गएका नेपाली विशेषगरी लाभान्वित भएका छन् ।

आफ्ना परिवारलाई घर खर्च पठाउनका लागि उनीहरूको सारथि बन्दै आइरहेको छ, ‘एन रेमिट’ । तर, एन बैंक प्रवासीहरूले मात्रै नभएर स्वदेशमै भएका व्यक्तिहरूले पनि प्रयोग गर्न सक्नेछन् ।

३९ वर्ष लामो बैंकिङ यात्रामा नबिल बैंकले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूलाई मध्यनजर गर्दै विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । सोही क्रममा बैंकले ‘एन रेमिट’ सेवाको सुरुवात गरेको हो ।

विदेशमा रहेका नेपालीले सहज रूपमा घरमा पैसा पठाउन सकुन् भन्ने उद्देश्यका साथ २२ डिसेम्बर २०२२ बाट नबिल बैंकले ‘एन रेमिट’ सेवा प्रारम्भ गरेको हो । सुरुवाती दिनमा बैंकको खातामा मात्र पैसा पठाउन सकिने व्यवस्था थियो ।

२ अक्टुबर २०२३ बाट भने देशका जुनसुकै बैंकका खातामा पैसा पठाउन सकिने गरी एन रेमिटलाई परिमार्जित र व्यवस्थित गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारी, उच्च शिक्षा अध्ययन र भ्रमणका लागि विदेश जाने नेपालीहरूको संख्या दिनहुँ बढ्दो छ ।

विदेशमा रहेका नेपालीहरूलाई समेत सहज बैंकिङ सेवा प्रदान होस् भन्ने हेतुले यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

के हो ‘एन रेमिट’ ?

एन रेमिट नबिल बैंकको मोबाइल बैंकिङ एप ‘एन बैंक’ भित्रको एउटा अप्सन हो । जहाँबाट रकम स्थानान्तरको काम गरिन्छ । नबिलको ‘एन रेमिट’ सेवा लिएर विदेशको जुनसुकै स्थानबाट पनि सजिलै, केही मिनेटभित्र नेपालमा पैसा पठाउन सकिन्छ ।

आफ्नै मोबाइल वा ल्यापटप/कम्युटरमार्फत मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर सहज रूपमा पैसा पठाउन सकिने बैंकले जनाएको छ । बैंकमा पालो पर्खेर पैसा पठाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने अवधारणास्वरुप नबिलको एन रेमिट जन्मिएको हो ।

जसले ग्राहकको समयलाई बचत गर्दछ । साथै, भौतिक सास्तीको पनि हल गर्दछ । एन बैंक एउटा सफ्टवेयर भएकाले यसमा सम्पूर्ण काम अनलाइनमार्फत नै हुने गर्दछ । यसबाट आफ्नो समयानुकूल समयमा देश–विदेशमा रहेका ग्राहकले अनलाइनबाटै खाता खोल्न सक्ने बैंकको भनाइ छ ।

वैदेशिक रोजगार अथवा उच्च शिक्षाका लागि विदेशीएकाहरूले सजिलै विदेशमै बसेर नबिलमा खाता खोल्न सक्नेछन् । साथै, उनीहरूले आफ्नै खातामा पैसा जम्मा गर्नसमेत सक्नेछन् ।

एन रेमिटबाट पैसा कसरी पठाउने ?

एन रेमिटमार्फत पैसा पठाउन चाहने ग्राहकले आफ्नो मोबाइलमा नबिल बैंकको मोबाइल बैंकिङ एप ‘एन बैंक’ डाउनलोड गर्नुपर्छ । उक्त एप डाउनलोड भइसकेपछि ओपन गर्दा लग इन अप्सन देखाउँछ । त्यसलाई थोरै तल स्क्रोल गर्नुपर्छ । त्यहाँ लग इन बिनै पेमेन्ट गर्ने सुविधा प्राप्त गर्नुहुन्छ । त्यसपछि एन रेमिट अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यहाँ दिएको विवरणहरू प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर, खाताको नाम र खाता नम्बरको विवरण भर्नुपर्नेछ । त्यसपछि पठाउने व्यक्तिको इमेल एड्रेस, आफू बसेको देशको कोड नम्बर, मोबाइल नम्बर, नाम, आफू बसेको एड्रेस, देशको नाम र कुन प्रयोजनको लागि पठाउने सो उल्लेख गरेर प्रोसिड अप्सनमा क्लिक गर्नुपर्छ ।

सबै प्रक्रिया पूरा गरिसकेपछि पैसा पठाउन तयार पारिएको विवरण ठीक छ कि छैन भनेर भेरिफाइ गरी सबमिट गर्नुपर्छ । त्यसपछि आफ्नो मास्टर कार्ड वा भिसा कार्डको विवरण भर्नुपर्छ । यति विवरण भरिसकेपछि सजिलै पैसा पठाउन सकिन्छ ।

यसरी पठाएको पैसा पठाउने बित्तिकै सिधै सम्बन्धित व्यक्तिको खातामा आइपुग्छ । साथै, एन बैंक एप’ डाउनलोड गरी अथवा आफ्नो इन्टर्नेट ब्राउजरमा https://nbank.nabilbank.com/ टाइप गरी जुनसुकै बेला पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

शुल्क कति लाग्छ ?

‘नबिल बैंकको ‘एन रेमिट’मार्फत पैसा पठाउँदा ग्राहकको थप कुनै शुल्क लाग्दैन । विदेशबाट पैसा पठाउँदा समय लाग्ने, चर्को शुल्क लाग्ने, तत्काल पठाउन नसकिने अथवा आफू बसेको देशको सम्बन्धित बैंकिङ च्यानल रोज्नुपर्ने अवस्था हुन्छ ।

तर, नबिल बैंकको ‘एन रेमिट’ त्यस्तो झन्झटिलो नरहेको बैंकको दाबी छ । एन रेमिटबाट एक पटकमा १०० देखि अधिक ५००० यूएसडी (डलर) सम्म नेपाल पठाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved