नयाँ संविधानबाट बालेन, रवि र हर्कहरूको उदय भयो : झक्कु सुवेदी

उनले गणतन्त्रले जनताको शिर उठाएको बताए ।

नेपालभ्युज

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरूको उदय भयो : झक्कु सुवेदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए ।

उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको बताए ।

उनले शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरुलाई निर्वाचित गरेको बताए ।

‘तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदि यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुर्बानीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैन थियो’, उनले भने ।

उनले गणतन्त्रले जनताको शिर उठाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved