उपेन्द्र यादवको प्रतिवेदन- सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर जस्तै

‘युरोपियन समाजवाद नेपालका लागि सही नहुन सक्छ । अतः नेपालीहरूले आफ्नै आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशमा आफ्नो अवधारणा र नीतिहरू आफैं निर्माण गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

नेपालभ्युज

उपेन्द्र यादवको प्रतिवेदन- सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर जस्तै

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा चित्रित गर्दै नेपाल जस्तो बहुराष्ट्रिय राज्यमा सङ्घीयता बिनाको समाजवाद प्राण बिनाको शरीर जस्तै भएको बताएका छन् ।

सोमबारदेखि जनकपुरमा सुरु भएको पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा उनले समाजवादवारे पार्टीको धारणा समेटेका छन् ।

नेपालमा लोकतान्त्रिक समाजवादको वकालत गर्ने नेपाली कांग्रेसले वैयक्तिक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न नसकेको र कम्युनिस्टहरूले वर्गीय मुद्दाहरूमा मात्र जोड दिएको यादवको प्रतिवेदनमा उल्लेख छ ।

यादवले नेपालको विशिष्ट परिस्थितिमा समाजवादको आफ्नो मौलिक बाटो हुनुपर्ने बताएका छन् । ‘युरोपियन समाजवाद नेपालका लागि सही नहुन सक्छ । अतः नेपालीहरूले आफ्नै आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशमा आफ्नो अवधारणा र नीतिहरू आफैं निर्माण गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ ।

यादवले सङ्घीय शासन प्रणालीसहितको समाजवाद नै नेपालको मौलिक बाटो भएको तर्क गरेका छन् । हो । ‘सङ्घीयतालाई देशको उत्पीडित राष्ट्रियताहरूमाथि भइरहेको विभेदबाट मुक्तिको आधारको रूपमा र समाजवादलाई श्रमजीवी वर्गको मुक्तिको आधारको रूपमा लिएका छौँ । सङ्घीय शासन प्रणाली यसको रूप हो भने समाजवाद राजनीतिक, सामाजिक–आर्थिक व्यवस्था हो ।’

नेपालको संविधानमा समाजवाद उन्मुख उल्लेख भएपश्चात् आफूलाई समाजवादी भन्नेहरूको होड नै चलेको यादवको दृष्टि छ । ‘कम्युनिस्ट वा गैर–कम्युनिस्टलगायत धेरै थरिका पार्टीहरूभित्र समाजवादी भन्ने होड नै चलेका छन् । तर, अरू पार्टीमा समाजवादको वैचारिक तथा सैद्धान्तिक रूपले स्पष्ट धारणा भने देखिँदैन’, प्रतिवेदनमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved