विज्ञहरू भन्छन्- नेपाल-चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदैछ

नेपालभ्युज

विज्ञहरू भन्छन्- नेपाल-चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदैछ

काठमाडौं । नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदै गएको विज्ञहरूले बताएका छन् ।

चीनतर्फका व्यापारिक नाका खुल्नु र दुवै देशकातर्फबाट नागरिकस्तरमै एक अर्काको देशमा भ्रमण हुनुले राजनीतिक, आर्थिक मात्र होइन सामाजिक सम्बन्धसमेत घनिष्ठ हुँदै गएको उनीहरूको भनाइ छ ।

काठमाडौंमा आयोजित ‘चिनियाँ विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवम् परराष्ट्रविद् हिरण्ड्यलाल श्रेष्ठले नेपाल चीनको सम्बन्धबारे हालसम्मका सन्दर्भको चर्चा गरे ।

उनले आधुनिकीकरणको चिनियाँ अभ्यासको समेत समीक्षा गरे । दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेकाले नेपालको विकासमा चीनको सहयोग महत्त्वपूर्ण हुने उनले बताए ।

चिनिया कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा ‘फेन्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स’ नेपालले गरेको कार्यक्रममा ‘नेपालीहरूको आँखामा चिनियाँ आधुनिकीकरण अभ्यास विषय सम्बन्धी ‘यात्रा अनुभूति सँगालो’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीहरूको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका, भोगेका यात्रा स्मरणलाई उक्त पुस्तकमा समेटिएको छ ।

‘फेन्ड्स अन क्लाउड पल्टफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिँदै जाने र यसले एक अर्काको भौगोलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे ।

पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कमविकसित स्वशासित प्रान्त र राष्ट्रपति सीचिनफिङको अवधारणा र योजना बमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन् ।

सीपीसीको पङ्तीले पर्यावरण, संस्कृति र धर्मलाई समेत केन्द्रविन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले नेपाल–चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि विगतको आफ्नो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved