LAUDERHILL, FLORIDA - JUNE 10: Rohit Paudel of Nepal speaks at a press conference during a net session as part of the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 at on June 10, 2024 in Lauderhill, Florida. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले परिस्थितिअनुकुल क्षमता देखाउन सके कुनै पनि टोलीलाई पराजित गर्न सक्ने बताएका छन्।
श्रीलंकाविरुद्धको खेलअगाडि भएको प्रि–म्याच कन्फरेन्शमा भएको खेलमा कप्तान पौडेलले कुनै पनि टोलीलाई हराउन सक्ने क्षमता भएको बताएको हुन्।
‘परिस्थितिलाई आदर गर्दै आफ्नो क्षमता दर्शाउन सके, हामी कुनै पनि टोलीलाई पराजित गर्न सक्ने छौँ। त्यो विश्वास छ,’ कप्तान रोहितले भने।
उनले जारी विश्वकपमा असोसिएट राष्ट्रलाई भन्दा पनि टेस्ट राष्ट्रलाई बढि दबाब भएको बताए। रोहितले भने, ‘जारी प्रतियोगितामा धेरै अचम्म नतिजा आएका छन्। एसोसिएट राष्ट्रभन्दा पनि टेस्ट राष्ट्रलाई बढि दबाब छ। त्यहि दबाबलाई प्रयोग गरेर भोलिको खेल जित्न चाहन्छौँ। भोलिको खेलको लागि हामी उत्साहित छौँ।’
बुधबार हुने खेलमा नेपाल र श्रीलंका बिहान सवा ५ बजे आमने सामने हुनेछन्। समूह चरणको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
Facebook Comment
Comment