भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएको छु, छिट्टै नेपाल आउनुहुनेछ : प्रचण्ड

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएको छु, छिट्टै नेपाल आउनुहुनेछ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीच सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको बताएका छन् ।

समकक्षी मोदीको शपथ समारोहमा सहभागी भएर सोमबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि छलफल भएको बताए ।

साथै, उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए । जवाफमा मोदीले उपयुक्त समयमा आउने बताएको प्रचण्डले जानकारी दिए ।

प्रचण्डको सम्बोधन-

सञ्‍चारकर्मी मित्रहरू,
१. मित्रराष्ट्र गणतन्त्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँको तेश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी भई प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु।
२. भ्रमणका अवसरमा भएका गतिविधिहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस विज्ञप्ति समेत मार्फत् यहाँहरु अवगत नै हुनुहुन्छ।
३. भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा २०८१ जेठ २७ गते ९तदनुसार ९ जुन २०२४० का दिन आयोजना गरिएको एक विशेष समारोहकाबीच हालै भारतमा सम्पन्न आम निर्वाचन पश्चात् प्रधानमन्त्री पदमा पुनः नियुक्त हुनुभएका महामहिम श्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा म सहभागी भएँ। उक्त समारोहमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू समेत सहभागी हुनुहुन्थ्यो। समारोह पश्चात् भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा म सहभागी भएँ। त्यसअघि भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, महामहिम उपराष्ट्रपति श्री जगदीप धनखड़ तथा महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग मेरो भेटघाट भयो।
४. महामहिम श्री नरेन्द्र मोदीसँगको भेटघाटमा अन्य कुराका अलावा नेपाल(भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भयो।
५. मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।
६. त्यसैगरी, २०८१ जेठ २८ गते ९तदनुसार १० जुन २०२४० का दिन भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग मैले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरें। भेटका अवसरमा नेपाल र भारतबीचको सदियौँ पुरानो एवं घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप मजबुत तुल्याउने बारेमा छलफल भयो।
७. सोही दिन भारतका नवनियुक्त संघीय मन्त्री महामहिम डा। एस। जयशंकरले मसँग शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदान प्रदान भयो ।
८. यसका साथै Federation of Indian Chambers of Commerce and Industry (FICCI) अध्यक्ष र अन्य प्रतिनिधिहरूले मसँग भेटघाट गर्नुभयो । उहाँहरूसँग नेपाल र भारतबीच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भयो।
९. नयाँ दिल्लीमा रहँदा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका मित्रहरू तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग समेत मेरो भेटघाट एवं समसामयिक विषयमा विचारको आदान प्रदान भयो। केही सञ्चारकर्मीहरूसँग नेपाल(भारत सम्बन्ध एवं नेपाल सरकारका नीति एवं प्राथमिकता समेतका सम्बन्धमा कुराकानी भयो।
१०. यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ। साथै, आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ।
११. अन्त्यमा, यस भ्रमणको अवधिमा भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका प्रधानमन्त्री एवं भारत सरकार, सम्बद्ध पदाधिकारी एवं भारतीय जनताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, भ्रमणका विषयमा समाचार सम्प्रेषित गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू एवं सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved