गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

नेपालभ्युज

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय डा. मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो ।

साथै, सर्वोच्चले मुद्दाको पेसी असार ४ गतेका लागि तोकेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीको आरोपमा विभिन्न प्रहरी कार्यालयमा किटानी जाहेरी परेका लामिछानेलाई पदबाट निलम्बन गरी छानबिन अघि बढाउन माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved