जसपा नेपालको महाधिवेशन सुरु

नेपालभ्युज

जसपा नेपालको महाधिवेशन सुरु

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरु भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सोमबार दिउँसो पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा शुभकामना राख्दै मधेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताए ।

उनले अहिले संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने बताए ।

महाधिवेशनको उद्घाटन समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रि स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलगायतका नेताहरुको उपस्थिति रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved