सम्बन्धविच्छेदपछि हजतिर लागिन् सानिया मिर्जा

नेपालभ्युज

सम्बन्धविच्छेदपछि हजतिर लागिन् सानिया मिर्जा

एजेन्सी । भारतीय पूर्व टेनिस खेलाडी सानिया मिर्जा पाकिस्तानी क्रिकेटर शोएब मलिकसँगको सम्बन्धविच्छेदपछि अब नयाँ जीवनको सुरुवातमा लागेकी छन् ।

सानियाले बताएअनुसार उनी हज यात्रामा हिँडेकी छन् । उनले सामाजिक संजालमार्फत् यसबारेमा जानकारी दिएकी छन् ।

सानियालाई लामो पर्खाईपछि हजमा जाने मौका मिलेको छ । उनले लेखेकी छन्, “पवित्र यात्रामा निस्कने अविश्वसनीय अवसर प्राप्त भयो । मेरा प्यारा साथीहरु, म एउटा नयाँ अनुभवको तयारी गरिरहेकी छु । म तपाईंहरु सबैसँग आफ्नो सबै गल्तीको माफी माग्न चाहन्छु ।”

उनले अगाडि लेखेकी छन्, “मेरो मन यतिबेला एकदमै धेरै भावुकता र कृतज्ञताले भरिएको छ । मलाई आशा छ कि अल्लाहले मेरो प्रार्थना स्वीकारेर मलाई मार्गदर्शन गर्नेछन् ।”

सानियाले आफू यस यात्राबाट एउटा राम्रो तथा बलियो मानिस बनेर फर्कने विश्वास गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved