भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

नेपालभ्युज

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

साथै, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा पनि छलफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved