बझाङमा विपद् उद्धारको नमुना अभ्यासका क्रममा सशस्त्र जवानको मृत्यु

नेपालभ्युज

बझाङमा विपद् उद्धारको नमुना अभ्यासका क्रममा सशस्त्र जवानको मृत्यु

काठमाडौं । बझाङमा प्राकृतिक विपद्का बेलामा गरिने उद्धारको नमुना अभ्यास गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् । उनी सशस्त्र प्रहरी जवान हुन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलका अनुसार सोमबार बिहान सदरमुकाम चैनपुर नजिकै सेती नदीमा भइरहेको अभ्यासका क्रममा धामी बेहोस भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको कुँइकेलले बताए ।

धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved