यी हुन् मोदी क्याबिनेटका नयाँ सदस्यहरू

नेपालभ्युज

यी हुन् मोदी क्याबिनेटका नयाँ सदस्यहरू

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिएका छन् । उनीसँगै मन्त्रीहरू अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहानले पनि शपथ लिएका छन् ।

नरेन्द्र मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । उनी अघिल्लो सरकारमा रक्षामन्त्री थिए।

सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन् ।

त्यस्तै, अमित अनिलचन्द्र शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् ।

नीतिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् ।

भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्।

मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सिटबाट सांसद निर्वाचित भएका छन् ।

नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ ।

तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेको छैन ।

यी हुन् क्याबिनेटमन्त्री

राजनाथ सिंह

अमित शाह

नितिन गडकरी

जेपी नाड्डा

शिवराज सिंह चौहान

निर्मला सीतारमण

एस जयशंकर

मनोहर लाल खट्टर

एसडी कुमारस्वामी

पियुष गोयल

धर्मेन्द्र प्रधान

जीतनराम माझी

राजीव रञ्जन सिंह उर्फ ललन सिंह

सर्बानन्द सोनोवाल

वीरेन्द्रकुमार

राममोहन नाडयू

प्रह्लाद जोशी

जुएल उरांव

गिरिराज सिंह

अश्विनी वैष्णव

ज्योतिरादित्व सिन्धिया

भूपेन्द्र यादव

गजेन्द्र सिंह शेखावत

अन्नपूर्णा देवी

किरेन रिजिजू

हरदीप सिंह पुरी

खनसुख मान्डविया

जी किशन रेड्डी

चिराग पासवान

एसआर पाटिल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved