सामसङको माइटी मोन्स्टरः पावरफुल ग्यालेक्सी एम ३५ अब नेपालमा

नेपालभ्युज

सामसङको माइटी मोन्स्टरः  पावरफुल ग्यालेक्सी एम ३५ अब नेपालमा

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी एम ३५ नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एम ३५, ५ जी मा विभिन्न विशेष सुविधाहरू र धेरै टिक्ने ब्याट्रीले गर्दा आफ्नो स्मार्टफोनबाट बढी चिजको चाहना राख्ने उपभोक्ताहरूको मागलाई पूरा गर्ने कम्पनीले जनाएको छ ।

अल्टिमेड मोन्स्टर ब्याट्री लाइफ

ग्यालेक्सी एम ३५, ५ जी को प्रभावशाली ६००० एमएएच ब्याट्रीले एक्सटेन्डेड युजेज समय सुनिश्चित गर्ने भएकोले यो पावर प्रयोगकर्ता र फोन चलाउँदै हिँड्नेहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनले २५ डब्लू फास्ट चार्जिङ सपोर्ट गर्ने र फास्ट पावर अपहरूको लागि यो निःशुल्क २५ डब्लू चार्जर साथमा आउँने बताइएको छ ।

मोन्स्टर–लेबल पफर्मेन्स

ग्यालेक्सी एम ३५ पावरफुल एक्सन्योस १३८० प्रोसेसरबाट संचालित रहेको र यसमा ८ जीबी र्यामका साथै २५६ जीबी आन्तरिक स्टोरेजको माइक्रोएसडी स्लट मार्फत विस्तार गर्न सकिन्छ ।

वान युआइ ६ दशमलव १सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने ग्यालेक्सी एम ३५ले सहज र प्रभावकारी प्रयोगकर्ता अनुभवको ग्यारेन्टी दिने बताइएको छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सेक्युरिटी प्याच दिने बाचा गर्छ, जसले गर्दा यो मोबाइल अप–टू–डेट र सुरक्षित रहने बताइएको छ ।

सुपिरिएर मोन्स्टर क्यामरा

ग्यालेक्सी एम ३५ को भर्सटायल क्यामरा सेटअपको साथ जीवनका क्षणहरू खिच्न कम्पनीले आग्रह गरेको छ । यो डिभाइसमा ओआइएस् ८ एमपी अल्ट्रा–वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामराको साथ ५० एमपी मुख्य क्यामरा रहेका छन् ।

भिडियो खिच्न रुचाउनेले ३० एफपीएसमा फोर के रेकर्डिङ र ७२० पी मा २४० एफपीएसमा स्लो मोसन क्षमताहरूको मजा लिनसक्ने बताइएको छ । यसको १३ एमपी फ्रन्ट–फेसिङ क्यामेराका साथ प्रयोगकर्ताले शानदार सेल्फीहरू र भिडियो कलहरूको आनन्द लिनसक्ने कम्पनीको दाबी छ ।

इमर्सिभ मोन्स्टर साउण्ड

ग्यालेक्सी एम ३५, एम ३५ एक्स सिरिजको पहिलो हो, जसले डल्बी एटमोस सपोर्ट गर्दै स्टेरियो स्पिकरहरू प्रदान गर्दछ, यसले उत्कृष्ट र इमर्सिभ अडियो अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।

उत्कृष्ट मोन्स्टर डिस्प्ले ६ दशमलव ६ एफएचडी प्लस १२० हर्जको सुपर एम्बलोड डिस्पलेसहित ग्यालेक्सी एम ३५ले जीवन्त दृश्यहरू प्रदान गर्ने बताइएको छ । भिजन बूस्टरको साथ १ हजार निट्सको पीक ब्राइटनेससँग प्रयोगकर्ताले सूर्यको उज्यालो प्रकाशमापनि स्पष्ट र जीवन्त कन्टेन्टको आनन्द लिन सकिने बताइएको छ ।

मूल्य र उपलब्धता

ग्यालेक्सी एम ३५ ५ जी गाढा निलो, खैरो र हल्का निलो तीन मनमोहक रंगहरूमा उपलब्ध छ । ८ प्लस २५६ जीबील भेरियन्टको मूल्य ४४,९९९ रुपैयाँ निर्धारण गरिएको र यो डिभाइस अब देशव्यापी रूपमा सबै सामसङको अधिकृत आउटलेटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

साथै, इन्स्टा फाइनान्स सेवामार्फत सजिलैसँग यो फोन प्राप्त गर्न सकिने र जुन देशभरका ५०० भन्दा बढी अधिकृत सामसङ रिटेल स्टोरहरूमा उपलब्ध रहेको बताइएको छ ।

यो सेवाले सहज प्रकियामै शून्य प्रतिशत ब्याजमा झन्झटरहित ईएमआई सेवाहरू प्रदन गर्दछ, जसले गर्दा एक घण्टाभित्र नागरिकताको साथमा नयाँ ग्यालेक्सी एम ३५ ५ जी छन् प्राप्त गर्न सकिने बताइएको।

प्रयोगकर्ताहरूले अर्को स्टोर र सबकोफोनद्वारा उपलब्ध गराएको एक्सचेन्ज सुविधा मार्फत आफ्ना पुराना फोनहरू साटरे यो डिभाइस पनि लिन सक्नेपनि कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved