चुँडिएको पुलमा खच्चरको उद्धारपछि आवतजावत बन्द : स्कुल गएका विद्यार्थी पाएनन् घर फर्किन

नेपालभ्युज

चुँडिएको पुलमा खच्चरको उद्धारपछि आवतजावत बन्द : स्कुल गएका विद्यार्थी पाएनन् घर फर्किन
खच्चडको उद्धारका लागि पुगेका सुरक्षाकर्मी र स्थानीय । तस्वीर सौजन्य : दिनेश कडायत

अछाम । कर्णाली नदीको लठ्ठा चुँडिएपछि स्कुल गएका विद्यार्थी घर फर्किन पाएका छैनन् । आइतबार बिहान १० बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट खच्चरहरू चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो ।

पुलमा अड्किएका खच्चडको उद्धार भए पनि स्कुल गएका विद्यार्थी घर फर्किन पाएका छैनन् । अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन् । ११ वटाको जीवितै उद्धार भएको छ ।

खच्चड अड्किएको पुलमा जान असहज भएपछि पुलको लठ्ठा नै काट्नु परेको अछामका प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

पुलको एकतर्फको लठ्ठा चुडिँदा थप जोखिम भएको भन्दै पुलमा आवत जावतमा रोक लगाइएको छ । आवतजावत बन्द हुँदा बिहान दैलेखबाट अछाम आएका विद्यार्थीलाई घर फर्किन समस्या भएको छ । बिहान पुल चुडिँनुभन्दा पहिले विद्यालय पुगेका बालबालिक अहिले पुलको छेउमा जम्मा भएका छन् ।

दैलेखको आठबिस नगरपालिका ४ खिड्की ज्युला र ५ पिपलकोटका विद्यार्थी अछामको चिल्तडामा रहेको चण्डिका माध्यामिक विद्यालयमा पढ्छन् । विद्यार्थी घर फर्किनको लागि अब एकमात्र विकल्प डुङ्गाबाट घर फर्किनुपर्ने छ ।  आज उनीहरुलाई घर फर्काएपनि भोलिबाट स्कुल जान समस्या हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved