काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । उनी आइतबार दिउँसो त्यहाँ पुगेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री प्रचण्डको स्वागतमा ‘एक्स’मा पोस्ट गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
‘प्रधानमन्त्री र मन्त्रिपरिषद्को समथ ग्रहण समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली आइपुग्नुभएको छ’, जयसवालले लेखेका छन् ।
जयसवालले यस भ्रमणले भारत र नेपालबीचको अनुपम सम्बन्धलाई प्रतिबिम्बित गर्ने लेखेका छन् । उनले यस भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप गति दिने पनि उल्लेख गरेका छन् ।
Facebook Comment
Comment