काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा सचिवले स्वागत गर्नेछन् । यसअघि प्रधानमन्त्रीलाई स्वागत मन्त्रीले गर्ने प्रचलन थियो । तर, यसपटक नयाँ मन्त्री नियुक्त नभएकाले सचिवस्तरबाट स्वागत हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड बेलुका शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । त्यसलगत्तै राष्ट्रपति द्रोपदी मूर्मुले दिने राजकीय भोजमा प्रधानमन्त्री प्रचण्डसहितको टोली सहभागी हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत हुनेछ । उक्त भेटवार्ता सम्भवत: आजै नत्र भोलि हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस :
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली भारत प्रस्थान (फोटोहरू)
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई
Facebook Comment
Comment