राजेन्द्र महतोको प्रश्न- कोशी नदीले पहिचान मागेको थियो र नामाकरण गरेको ?

नेपालभ्युज

राजेन्द्र महतोको प्रश्न- कोशी नदीले पहिचान मागेको थियो र नामाकरण गरेको ?
फाइल फोटो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्तिको नाममा विभिन्न कार्यक्रम गर्दै आएका राजेन्द्र महतोले तत्कालीन प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा असन्तुष्टि जनाएका छन् ।

शनिबार विराटनगरमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध कोच-मधेश ब्यूरोले कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले कोशी नदीले पहिचान नमागेको भन्दै किन सोही नाममा प्रदेशको नामाकरण गरियो भन्ने प्रश्न उठाए ।

मधेसी, लिम्बु, राई, कोचले पहिचान मागेकोले सोही अनुरुप नामाकरण गरी अहिलेको कोशी नाम खारेज गर्नुपर्ने महतोको भनाइ छ ।

सभालाई सम्बोधन गर्दै अर्का नेता केशव झाले कोशी प्रदेशको नामाकरण मात्रै होइन, सीमांकन पनि त्रुटिपूर्ण रहेकोले सच्याउन माग गरे ।

राज्यले अहिलेसम्म उत्पीडित जाति र समुदायलाई फुटाएर शासन गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अब मधेसी, आदिवासी जनजाति, उत्पीडित खस आर्य समेत एक भएर राष्ट्रिय मुक्ति क्रान्ति सफल पारी बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved