काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत आज बिहान भएको खेलमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
प्रोभीडेन्स स्टेडियममा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमै अलआउट भएको हो । युगान्डाका जुमा मियागीले बनाएको १३ रन नै सर्वाधिक बन्यो ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् । युगान्डालाई सस्तैमा अलआउट गर्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिएका थिए ।
त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।
जितसँगै समूह सी मा रहको वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
एक खेलमा जित र दुई खेलमा हार भोगेको युगान्डा तेस्रो स्थानमा छ। पिएनजी र न्युजिल्यान्ड अंक विहिनरुपमा चौथो र पाचौँ स्थानमा छन् ।


Facebook Comment
Comment