एजेन्सी । इजरायलले शनिबार आफ्नो सेनाले चार जना बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बावजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको शनिबार इजरायली सेनाले जनाएको हो ।
गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ ।
उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । नुसिरातको मुटुमा रहेका दुई छुट्टाछुट्टै स्थानबाट ’जटिल दिनको अपरेसन’मा रहेको सेनाले जनाएको छ ।
सेनाले दुर्लभ बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निशाना बनाइरहेको बताएको थियो । गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।
हमासले ‘मृतकका शव र घाइतेजनलाई सुरक्षित कोठामा राखिएको’ बताएको छ र ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ आरोप लगाएको छ । गाजाको एक अस्पतालमा बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा ३७ जनाको मृत्यु भएपछि इजरायलमाथि बढ्दो दबाबका बावजुद नुसिरातमा आक्रमण भएको हो ।
इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा युएनआरडब्लुएले ‘पूर्व चेतावनी बिना’ “विद्यालयमा बनाइएको आश्रयस्थल’ लाई आक्रमण गरिएको बताएको छ । इजरायलले गाजामा हमास र उसका सहयोगीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
Facebook Comment
Comment