तत्काल एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

नेपालभ्युज

तत्काल एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनको भनाइ छ ।

नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । साथै, आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved