पत्रकार महासंघको चुनाव स्थगित

नेपालभ्युज

पत्रकार महासंघको चुनाव स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति मार्फत जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।

‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकेकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ, पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’

अध्यक्ष पोखरेलले निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved