भारतीय सहयोगमा नवलपरासीको त्रिभुवन मावि निर्माणपछि उद्घाटन  

नेपालभ्युज

भारतीय सहयोगमा नवलपरासीको त्रिभुवन मावि निर्माणपछि उद्घाटन  

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको नवलपरासी (पूर्व)मा एक विद्यालय भवनको उद्घाटन गरिएको छ । भारत सरकारको कूल २.७५१ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन गरिएको हो ।

विद्यालय भवनलाई प्रतिनिधिसभाका सांसद डा.शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम)का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved