अमेरिकासँग हारेपछि पाकिस्तानी टोलीको आलोचना, के भन्छन् पूर्व खेलाडीहरू ?

नेपालभ्युज

अमेरिकासँग हारेपछि पाकिस्तानी टोलीको आलोचना, के भन्छन् पूर्व खेलाडीहरू ?

काठमाडौं । पूर्व फास्ट बलर वासिम अक्रमले पाकिस्तानको अमेरिकासँग सुपर ओभरमा पराजयको कडा आलोचना गर्दै अब बाबर आजमको टोलीलाई टी-२० विश्वकपको नकआउट चरणमा पुग्न गाह्रो हुने बताएका छन् ।

बिहीबार भएको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो ।

यो खेलमा पराजयपछि पाकिस्तानी टोलीको आलोचना भइरहेको छ ।

अक्रमले भने, ‘निराशाजनक प्रदर्शन। जित र हार खेलको हिस्सा हो तर, अन्तिम बलसम्म लड्नु महत्त्वपूर्ण छ । पाकिस्तान क्रिकेटका लागि यो दिन खराब थियो । अब पाकिस्तानले सुपर आठ चरणमा पुग्न संघर्ष गर्नुपर्नेछ किनभने भारत (जुन ९)पछि उसले थप दुई राम्रा टोलीहरू (आयरल्यान्ड र क्यानडा) खेल्नुपर्नेछ।’

अमेरिकाका लागि प्रारम्भिक विकेट लिनु नै खेलको टर्निङ प्वाइन्ट भएको उनी बताउँछन् ।

उनले भने, ‘खेलको टर्निङ प्वाइन्ट अमेरिकाले लिएको प्रारम्भिक विकेट थियो । बाबर र शादाब खानले पाकिस्तानका लागि सानो साझेदारी गरे तर, उनीहरू बाहेक कसैले पनि प्रगति गर्न सकेनन्। फिल्डिङ निकै खराब थियो । समग्रमा प्रदर्शन राम्रो भएन ।’

यता, पूर्व फास्ट बलर शोएब अख्तरले भिडियो सेयर गर्दै टीमको गल्ती औंल्याएका छन् । बलरहरूको सक्दो प्रयास गर्दा पनि टोलीले हार टार्न नसकेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved