काठमाडौं । यो साता नेप्सेमा खासै उत्साह देख्न सकिएन । साताको पाँचै दिन कारोबार हुँदा तीन दिन घटेर बन्द भएको नेप्से दुई दिन मात्र सामान्य अंकले बढेको थियो ।
कारोबारको पहिलो दिन दोहोरो अंकले बढेर सेयर बजार बन्द भएको थियो । सुरुवाती कारोबार सकारात्मक देखिएकाले लगानकर्ताले केही आश गर्ने बाटो भए पनि दोस्रो दिनदेखि नै नेप्से ओरालो लाग्न थाल्यो ।
सोमबार ओरालो लागेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो । बुधबार र बिहीबार सेयर बजार उकालो लाग्न सकेन । पहिलो दिन नै १३ दशमलव ५१ अंकले बढेर २०८३ दशमलव ०४ को विन्दुबाट कारोबार सुरु गरेको बजार कारोबारको अन्तिमसम्म आइपुग्दा २०७७ दशमलव ७८ को विन्दुमा पुगेको छ ।
गत साता २१३१ दशमलव ४९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार अन्तिमसम्म आइपुग्दा २०६९ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको थियो । यसर्थ, गत साता बजार ६१ दशमलव ५३ अंकले घटेको थियो । गत साताको तुलनामा बजार परिसूचक ८ दशमलव २५ अंकले बढेको छ ।
समीक्षा अवधिभर व्यापार कम्पनी र माइक्रोफाइनान्सहरुले केही बढी कमाएका छन् भने निर्माण कम्पनी र बीमा कम्पनीहरूले बढी गुमाएका छन् । यो साता बजारले २० अर्ब ७८ करोड १० लाख ५६ हजार ९ सय ६१ रुपैयाँ कारोबार गरेको छ । गत साता बजारले १७ अर्ब १२ करोड ७८ लाख ६ हजार बराबरको कुल कारोबार गरेको थियो ।
आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३ दशमलव ०४ को विन्दुमा पुगेको थियो । भने कारोबार रकम ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँ रहेको थियो । ट्रेडिङ इन्डेक्स १८० दशमलव ३६ अंकले बढेको थियो । आइतबार निर्माण कम्पनीहरूले १६२ दशमलव ३९ अंक गुमाएको थियो ।
साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३ दशमलव ९७ अंकले घटेर २०७९ दशमलव ०७ को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ रहेको थियो । माइक्रो फाइनान्स कम्पनी १०६ दशमलव ७९ अंकले बढेको थियो । सोमबार निर्जीवन बीमा कम्पनीहरू र निर्माण कम्पनीहरू सर्वाधिक घटेका थिए ।
साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ६ दशमलव २२ अंकले बढेर २०८५ दशमलव ३० को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ४ अर्ब ८४ करोड ७१ लाख ५ हजार ८ सय ७७ रुपैयाँ रहेको थियो । सर्वाधिक बढ्नेमा ट्रेडिङ्स कम्पनी रहेको थियो । जुन ७९ दशमलव ३४ अंकले बढेको थियो ।
निर्जीवन बीमा कम्पनी ५९ दशमलव ६४ को अंकले बढ्दा माइक्रो फाइनान्स इन्डेक्स ६६ दशमलव ४३ अंकले बढेको थियो । मंगलबार हाइड्रोपावर कम्पनी १५ दशमलव ४७ अंकले घट्दा म्युचुअल फण्ड र अन्य कम्पनीहरू पनि सामान्य अंकले घटेको थियो ।
बुधबार नेप्से परिसूचक ५ दशमलव ५८ अंकले घटेर २०७९ दशमलव ७१ को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ रहेको थियो । माइक्रोफाइनान्समा लगानीकर्ता झुम्मिएका थिए भने बीमा कम्पनी सर्वाधिक घटेको थियो ।
बिहीबार नेप्से परिसूचक १ दशमलव ९३ अंकले घटेर २०७७ दशमलव ७८ को विन्दुमा पुगेको थियो । जसमा कारोबार रकम ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७ सय २० रुपैयाँ रहेको थियो ।
त्यस दिन व्यापार कम्पनीहरू ५८ दशमलव ३५ अंकले बढ्दा माइक्रो फाइनान्स ४२ दशमलव ३२ अंक, हाइड्रोपावर २० दशमलव ५९ अंकले बढेको थियो । त्यस्तै, फाइनान्स कम्पनीहरूले सर्वाधिक गुमाएका थिए ।
Facebook Comment
Comment