फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल, बालेन नआएपछि पुगिन् उपमेयर सुनिता

नेपालभ्युज

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल, बालेन नआएपछि पुगिन् उपमेयर सुनिता

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  उपत्यकाका मेयरहरूले छलफल गरेका छन् ।

नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेको कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन शाह अनुपस्थित रहे ।

शुक्रबार प्रधानमन्त्रीले आयोजना गरेको छलफलमा उपमेयर सुनिता डङ्गोल  भने थिइन् ।

प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तपाईँहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।’

छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved