काठमाडौं । पछिल्लो समय ग्राहकमाझ लोकप्रियताका साथ विस्तार हुँदै गएको डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोर के स्ट्रीमर उपहार पाउनुहोस्’ अफर सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको यो योजना सीमित अवधिका लागि हो ।
युरो कप २०२४ सिजनमा ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न सुरु भएको यो अफर २४ महिनाको लागि २०० सय एमबीपीएस, ३०० एमबीपीएस र सोभन्दा धेरैको प्याकेज खरिद गरी नयाँ कनेक्सन जडान गर्ने तथा नवीकरण गर्ने दुवै सब्सक्राइबरका लागि हो ।
यो प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम फोर के स्ट्रीमर निःशुल्क प्राप्त गर्न सक्नेछन् । प्याकेज खरिद गर्ने ग्राहकले डिशहोम गो एपमार्फत सोनी स्पोर्टस नेटवर्कमा निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
डिशहोम फोर के स्ट्रीमर ले क्रिष्टल क्लियर भिजुअल र उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै द्धप रेजोल्युसनलाई समर्थन गर्दछ । यसका मुख्य विशेषताहरूमा १६० भन्दा बढी लाइभ च्यानल, दुई सयभन्दा बढी मुभी, सयभन्दा बढी ड्रामा, २० भन्दा बढी रियालिटी सो, गुगल एसिस्टेन्स, डल्बी अडियो, गेमिङ, डल्बी अडियो आदि छन् ।
Facebook Comment
Comment