काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
सुदुरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी ,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बांकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ४८ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment