भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

नेपालभ्युज

भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले ११ देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिणकोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाइएको हो ।

भारतका डा. शंकरप्रसाद शर्मा, बेलायतका ज्ञानचन्द्र आचार्य, अमेरिकाका प्रा. श्रीधर खत्री, इजरायलका कान्ता रिजाल, दक्षिण कोरियाका प्रा.डा. ज्योति प्याकुर्‍याल (भण्डारी) र कतारका नरेश विक्रम ढकाललाई पनि फिर्ता बोलाइएको छ ।

यस्तै मलेसियाका राजदूत डिल्लीराज पौडेल, साउदी अरबका नवराज सुवेदी, स्पेनका सर्मिला पराजुली, पोर्चुगलका सनिल नेपाल र डेनमार्कका प्रा रामस्वार्थ रायलाई पनि फिर्ता बोलाइएको हो ।

फिर्ता बोलाइएका अधिकांश राजदूत नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको सिफारिसमा नियुक्त भएका थिए ।

पोर्चुगलका राजदूत सनिल नेपाल गत माघमा मात्रै नियुक्त भएका थिए । साउदीका राजदूत सुवेदीमाथि श्रमिकबाट रकम बुझ्ने गरेको आरोप लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved