हिमालयन रिइन्स्योरेन्सले भारतको जिआइसी रिको ट्रिटीमा हिस्सा पायो

नेपालभ्युज

हिमालयन रिइन्स्योरेन्सले भारतको जिआइसी रिको ट्रिटीमा हिस्सा पायो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतस्थित पुनर्बीमा कम्पनी जिआइसी रिको ट्रिटीमा हिस्सा प्राप्त गरेको छ।

भारतको नियमनकारी निकायबाट पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै कम्पनीले यो हिस्सा पाएको बताइएको छ।

स्थापनाको चौथो वर्षमा संचालनरत निजी श्रेत्रबाट प्रवर्द्धित कम्पनीलाई जिआइसी रिले देखाएको विश्वास आफैंमा सुखद पक्ष भएको हिमालयन रिइन्स्योरेन्सले जनाएको छ।

हिमालयन रिइन्स्योरेन्सले अहिलेसम्म भारतसहित अन्य ३० भन्दा बढी मुलुकहरूमा व्यवसाय विस्तार गरेको छ। यस सफलतापछि भने कम्पनीलाई आगामी दिनमा अन्य देशमासमेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको कम्पनीले बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved