काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक उत्पादनलाई संरक्षण दिन करको दर हेरफेर गरिएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैअर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।
उनले करका दर समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको बताए ।
‘गत वर्ष आलु(प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकोले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो।’ अर्थमन्त्री पुनले बताए ।
साथै उनले विलेटको आयातमा अन्तःशुल्क लगाउन उचित नदेखिएकोले विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाइएको बताए । यसबाट स्पञ्ज आइरन र विलेट प्रयोग गरी डन्डी उत्पादन गर्ने दुवै किसिमका उद्योगलाई बजारमा प्रतिस्पर्धा गर्न समान फिल्ड उपलब्ध हुने उनको अपेक्षा छ ।
Facebook Comment
Comment